गीतकार सुधालाइ सगरमाथा म्युजिक अवार्ड

परदेशमा बसेर पनि नेपाली गीत सङ्गीत क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आइरहनु भयकी गीतकार तथा समाजसेवी सुधा मरहट्ठा ज्यूले सहारा सगरमाथा अवार्डमा बेल्ट म्युजिक भिडियो अफ द यर २०७८ बाट सम्मानित हुनु भयको छ । जुन गीतको लेखक र निर्माता सुधा आफै हुनुहुन्छ भने सङ्गीत र स्वर केशव भावुकको रहेको छ साथै अस्मिता अधिकारीको स्वर पनि रहेको छ । आर्यन सिक्देल र सृष्टि खड्काको अभिनय रहेको सो म्युजिक भिडियोलाई शसान कँडेलले डाइरेक्सन गरेका हुन् । ( फुल फुल्यो भवरा भुल्यो ) बोलको गीत अहिले साङ्गीतिक बजारमा निकै चर्चामा रहेको छ । गीतकार सुधा मरहट्ठा समाजसेवामा पनि निकै अगाडि हुनुहुन्छ। उहाँ बिभीन्न संघसंस्थामा आबद्ध रहेर गरिब , दु:खी , असहाय बालबालिकालाई सहयोग गर्दै आइरहनु भयको छ । आल उहाँ कामको सिलसिलामा बेलायत बस्दै आइरहनु भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *