गायक शशान कडेँलको नयाँ भजन “ॐ शिव ॐ” (भिडियो सहित)

भजन किङगको उपनामले चिनिने चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक भएको छ ।

यस् भिडियोमा विश्व चर्चित नेपालको एैतिहासिक पशुपति क्षेत्र वरपरका मनोरम द्रिश्यलाई कैद गरिएको छ ।

अहिलेको नयाँ पुस्ताले पनि भजन सुन्नु पर्ने र गाउंदा पनि एउट धर्मिक आस्था हुने भने अर्कोतिर मन पनि शान्त रहने कुरालाई मध्यनजर गर्दै आफुले भजनहरु बजारमा ल्याएको कुरा गायक कंडेलले बताए ।

गीतमा सिन्चुरी सुरेश गमालको शब्द, संगीतकार महेश ज्ञवालीको संगीत, सञ्जय हमालको संगीत संयोजन (एरेन्ज), सञ्जीव मैनालीको बांसुरी बादन, सञ्जीव सुब्बाको गीतार र खडग बुढा मगरको मादल बादन रहेको छ ।

स्वयम गायक शशान कँडेलकै निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा देव के सी, महेश ज्ञवाली, सुरेश घमाल फिचर्ड छन भने शिवको
विशेष भूमिकामा प्रकाश ओजी रहेका छन ।

बुद्ध थापाको छांयाकन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन भने ड्रोनको काम सुरेश कार्कीको रहेको छ ।

भिडियोलाई स्वयम गायक शशान कंडेलको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *