Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा

admin

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ । अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी छ । विभिन्न सात स्थानबाट निस्किने जुलूस नारायणी नदी किनारमा पुगेर उदघाटन समारोहमा परिणत हुने छ ।

महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा देशका विभिन्न क्षेत्रबाट आएका सहभागी नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा भइरहेका छन् ।

नेताहरु पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता भने होटेलमै रहेकाे बताइएको छ।

आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको