Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

वरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई दुवईमा ‘ग्लोबल अन्तराष्ट्रिय अवार्ड’

admin

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी मनिषा जिसी क्षेत्रीले अन्तराष्ट्रिय अवार्ड जितेकी छिन । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गरेकी थिईन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड उचालेकी थिईन । सौन्दर्य क्षेत्रको करीब १८ वर्षे लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उनी नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा सम्मानित भएकी हुन । यस अघि थाईलैण्डको बैंककमा सम्पन्न पहिलो संस्करणको सफलता पश्चात सो संस्थाले यो अवार्ड दुवईमा आयोजना गरेको हो । यस अघि हालै मात्र पनि होटल र्याडिसनमा सम्पन्न स्टार ईन्टरनेशनल अवार्डमा समेत सम्मानित भैसकेकी सौन्दर्यविद जिसीले थुप्रै सम्मान प्राप्त गरेकी छिन ।
थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उनको महत्वपूर्ण योगदान रहेको छ । श्रृजनसिल महिला समूह, टोल सुधार समिति, आमा अभियान लगायत थुप्रै सामाजिक संघ संस्थामा आवद्ध वरिष्ठ सौन्दर्यकर्मी जिसीले कमाईको २० प्रतिशत रकम समाजसेवामा खर्च गर्दै आईरहेकी छिन । सानै उमेरमा विवाह भएको कारण शिक्षा बाट केहि समय वन्चित भए पनि ढिलो गरि शिक्षा आर्जन गरेकोले आफु जस्तै अन्य महिला दिदी बहिनीहरु जो शैक्षिक गतिविधिलाई निरन्तरता दिन सकेका छैनन उनीहरुको शिक्षा आर्जनका लागि विशेष पहल समेत गर्दै आईरहेकी छिन ।

समाज सेवामा सधै अग्रसर रहने उनले हजारौलाई युवती तथा महिलाहरुलाई व्युटिसियन तालीम प्रदान गरि स्वरोजगार बनाउदै आएकी छिन । सिटिभिटिबाट तालिमका लागि मान्यता प्राप्त गरेकी उनले सिकाएका सयौ विद्यार्थीहरुले देश तथा विदेशमा रोजगारी मात्र प्राप्त गरेका छैनन, स्वयं दक्ष भै सफल व्यबसायीको नाम राखेका छन । कागेश्वरी मनहरा,गोठाटारमा निकै लोकप्रिय रहेको उनको संस्थाले तालिम मात्र नभएर
लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद जिसी ग्राहकको सन्तुष्टीका लागि गुणस्तरीय सेवामा जोड दिदै आएकी छिन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको