Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी संस्थागत विद्यालयले एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही गर्ने महानगरको चेतावनी भारतमा आजबाट लोकसभा चुनाव

फेरी देखा पर्‍यो कोभिड को नया भ्यारियन्ट

admin

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेको छ । यो भेरिएन्टलाई बी.१.१.५२९ नाम दिइएको छ । मंगलबार पुष्टि भएको नयाँ भेरिएन्ट तीव्र गतिमा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरूले कोभिडविरुद्ध हालसम्म बनेका खोप नयाँ भेरिएन्टविरुद्ध प्रभावकारी नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गर्नसमेत भनिएको छ ।’

दक्षिण अफ्रिकाको ‘द नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिज (एनआईसीडी)’ द्वारा बिहीबार जारी सूचनाअनुसार नयाँ भेरिएन्ट गत सोमबार पत्ता लागेको हो । जिनोमिक सिक्वेन्सिङ गर्दा हालसम्म त्यहाँ २२ नमुनामा नयाँ भेरिएन्ट देखिएको छ । नयाँ भेरिएन्ट नोभेम्बर १४ देखि २३ नोभेम्बरसम्म संकलन गरिएको नमुनामा देखिएको बताइएको छ । एनआईसीडीका कार्यकारी निर्देशक प्रा. एड्रियन पुरेनले भनेका छन्, ‘तथ्यांक सीमित छ तर हाम्रा विज्ञ नयाँ भेरिएन्टको सम्भावित प्रभाव के–के हुन सक्छन् भनेर बुझ्न सबै प्रणालीसँग मिलेर काम गरिरहेका छन् । तर यसको विकास तीव्र गतिमा भइरहेको देखिन्छ ।’

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि पत्ता लागेका कोभिड–१९ का भेरिएन्टमध्ये बी.१.१.५२९ धेरै भिन्न प्रकृतिको र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् । उनले यो भेरिएन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन स्पाइक प्रोटिनमा मात्र भएको उल्लेख गरेका छन् । कोभिडविरुद्धको खोप स्पाइक प्रोटिनलाई लक्षित गरेर बनाइन्छ, यदि प्रोटिनको स्वरूपमै परिवर्तन आएको खण्डमा खोप प्रभावकारी हुँदैन । वैज्ञानिकका अनुसार सबै उत्परिवर्तन भाइरसका लागि राम्रो मानिँदैन, यदि स्पाइक प्रोटिन परिवर्तित भएको खण्डमा भने रोगप्रतिरोधी क्षमतामा पनि परिवर्तन हुन्छ । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा गरी ६१ जनामा देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको