Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

गिनिज होल्डर सौगातको बहुप्रतिक्षित चलचित्र हैरानको शिर्ष गीतको छायांकन सम्पन्न

admin

विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’को शिर्ष गीतको छायाँकन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन गरिएको हो । गीतमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ भने यसलाई छिटै सार्वजनिक गरिनेछ । जेठ ४ गते रिलिज हुने फिल्मको सम्पूर्ण काम सकिएता पनि गीत भने बाकी थियो ।

गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य(स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन् । यसमा गिरिश खतिवडाको र्याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् ।

गम्भीर विष्टको कोरियोग्राफीमा तयारगीतमा सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा ,गजित विष्ट , सागर लम्साल , निश्मा घिमिरे , एन्जल राई , शिशिर भण्डारी ,आरोही शर्मा, पुस्कर रेग्मी  लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन ।

फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्द्र पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् । फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको