Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

फेकनको बार्षीक क्यालेण्डरमा संघका सदस्यहरुलाई सक्षम बनाउने कार्ययोजना प्रस्तुत

admin

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल फेकनले आफ्नो बार्षीक कार्यक्रम सार्वजनिक गरेको छ ।फेकनले शैक्षिक परामर्श आचार संहिता २०७४ जारी गर्दै बार्षीक क्यालेण्डर सार्वजनिक गरेको हो ।फेकनको बार्षीक क्यालेण्डरमा संस्थाका सदस्यहरुलाई सक्षम बनाउने कार्ययोजना तालिम ,बजार प्रर्वद्धन,मनोरञ्जन तथा भेटघाट,समसामायीक अन्तरक्रिया लगायतका कार्यक्रम गर्ने बारे योजना तर्जुमा गरिएको हो ।

कार्यक्रममा फेकनका अध्यक्ष युवराज कटुवालले फेकन राष्ट्रिय स्तरमा मात्र नभर्इ अन्तराष्ट्रिय स्तरमा पनि चिनिएकाे संस्था भएकाले यसलार्इ अझ थप उचार्इमा पुर्याउन र परामर्श व्यवसायीकाे अग्रडि संस्थाकाे रूपमा बिकास गर्न नवनिर्वाचित कार्यसमिती कटिबद्ध भएर अघि बढ्नेमा जाेड दिए ।कार्यक्रमबारे जानकारी दिदैँ  बरिष्ठ उपाध्यक्ष गीता रिजालले फेकनले परामर्श व्यवसायीलाई मर्यादित र पारदर्शी बनाउन आफ्नै आचारसंहिता लागु गरेर थप व्यवसायीक बनाउने प्रयास गरेको बताइन् ।फेकनका महासिचब भुपाल तामाङले बार्षीक कार्यतालिका सार्वजनिक गरेका थिए ।

भर्खरै निर्वाचित कार्यसमितिले दुई उपाध्यक्ष र एक सदस्य मनोनयन गरेको छ ।उपाध्यक्षमा दिपक शिलवाल , लवराज मैनाली र सदस्यमा प्रदिप सेन ठकुरीलाई मनोनयन गरेको फेकनले जनाएको हो ।फेकनको सल्लाहकारमा प्रा.डा सुरेन्द्र केसी नियुक्त भएका छन् ।फेकनले कार्यक्रममा पूर्व कार्यसमितिका पदाधिकारी एंव संस्थालाई निरन्तर साथ दिइरहेका आफ्ना व्यवसायीहरुलाई सम्मान गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको