
वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी धर्म पत्नी यसोधा श्रेष्ठको निधन भएको छ । लामो समय देखि क्यान्सरबाट पिडित श्रेष्ठको गए राती १०: ४५ मा गोदावरी स्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
६७ वर्षीया योशोधा श्रेष्ठको पार्थिव शरीरलाई बिहान १० बजे पशुपतिमा परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।श्रद्धान्जली अर्पण गर्नका लागि नेपालका कलाकार ,गायक गायीका ,अाफन्तजनहरूकाे उपश्थिति रहेकाे छ ।
मृतककाे आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल आदरणीय श्री मदनकृष्ण श्रेष्ठ , छोरा यमन श्रेष्ठ लगायत सम्पूर्ण परिवारमा राष्ट्रखबर डट .कम हार्दिक समेवदना प्रकट गर्दछ ।

लोकप्रिय समाचार