Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

लुम्बिनी विकास कोषले ५ हजार मानिस हट्ने हल निर्माण गर्ने

admin

रुपन्देही– लुम्बिनी विकास कोषले लुम्बिनीमा ५ हजार मानिस हट्ने हल निर्माण गर्ने तयारी गरेको छ ।

महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अहिलेसम्म औपचारिक कार्यक्रम गर्ने हल नभएपछि कोषले आफ्नै हल निर्माणको तयारी गरेको हो ।

आगामी बैशाख १७ गते २५६२ औं बुद्धजयन्ति समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका अवसरमा हलको शिलन्यास गरिने लुम्बिनी विकास कोषले जनाएको छ । हल निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी भएकोे छ ।

विश्व सम्पदासूचिमा सूचिकृत लुम्बिनीमा विभिन्न देशका गुम्बाहरुले गेष्टहाउस सहितका हल निर्माण गरेपनि कोषको हल नभएको भन्दै आलोचना हुदै आएको थियो ।

कोषसँग हल नहुँदा खुला स्थानमा कार्यक्रम गर्नुपर्ने र घाम, पानी तथा शीतलहरले समस्या हुँदै आएको थियो ।

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले लुम्बिनीमा एकै पटक ५ हजार जनासँग चल्ने वाइफाई फ्रि गर्ने तयारी रहेको भन्दै लुम्बिनीसँगै कपिलवस्तुमा उत्खनन, देवदहमा सूचना क्षेत्र र रामग्राममा जग्गा अधिकरणको काम पनि भइरहेको बताए ।

यसैवीच अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन अप्रील २८, २९ र ३० गरी ३ दिनसम्म हुनेछ ।

सो कार्यक्रममा २६ राष्ट्रका बौद्धमार्गिहरुले सहयागिता जनाउने लुम्बिनी विकास कोषका उपाध्यक्ष भन्ते भिक्षु अबधेश कुमार त्रिपाठीले जानकारी दिए ।

त्यस्तै प्रदेश नं. ५ का वातावरण, वन तथा पर्यटनमन्त्री लिला गिरीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन लुम्बिनीमा हुँदा विश्वमा सकरात्मक सन्देश जाने भन्दै विगतमा लुम्बिनी विकास कोषमा भएका कमिकमजोरीलाई प्रदेश सरकारले परिष्कृत गर्दै लैजाने र केन्द्र सरकारले सार्क राष्ट्रका पर्यटकलाई फ्रि भिसाको व्यवस्था गरेपनि प्रदेश सरकारले लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई थोरै कर लगाउने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको