Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

आङ सान सुचीलाई ४ वर्ष जेल

admin

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्ष जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको छ । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोप पनि लगाइएको बीबीसीले जनाएको छ । तर सुचीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् ।

गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुचीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो । चुनावमा सुचीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुचीलाई घरमै नजरबन्द गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको