Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चार भाषामा डबिंग हुने चलचित्र “म्हेन्दू ” निर्माण गर्दै पत्रकार अर्जुन डोटेल

admin

चलचित्र म्हेन्दू हिमाली दुर्गम भेगमा बसोबास गर्ने शेर्पा जाति र तल्लो भेगमा बस्ने आर्यन समुदायबिचको भावनात्मक सम्बन्ध उठान गर्ने मौलिक नेपाली चलचित्र हो ।

जनमानसमा भइपरी आउने दैविक प्रकोपको पिडा अनि त्यस समुदायमा ब्याप्त अन्धबिस्वास र रुढीबादी चिन्तनलाइ कथाको रुपमा प्रस्तुत गरिने छ , चलचित्रमा । चलचित्रको हिमाली जिल्ला डोल्पाको सेफ़ोक्सुण्डो देखि माथिल्लो भेग कान्जिरोवा हिमाल पारी ( उपल्लो डोल्पा )मा अबस्थित बिस्व के सबै भन्दा अग्लो स्थानमा रहेको मानब बस्ति छार्कामा छायांकन गरिने छ । म्हेन्दू शब्दलाई राम्री , प्यारी अथबा सुन्दर युवतीलाइ जनाउने विशेषणको रुपमा उपल्लो डोल्पामा बसोबास गर्ने शेर्पा समुदायले प्रयोग गर्छन । कतैकतै म्हेन्दू शब्दलाई तिब्बती भाषाबाट आएको आगन्तुक सब्दको रुपमा पनि विश्लेषण गरिन्छ ।

नारी प्रधान यस चलचित्रको प्रमुख पत्र जो सोहि बिकट भूभागमा बसोबास गर्दै त्यस ठाउको प्रतिनिधित्व गर्ने म्हेन्दूको भूमिकामा प्रयोग भएको हो । यस चलचित्रको माध्यमबाट उक्त स्थानको रहनसहन चालचलन रितिरिवाज भेषभुषा संगै पर्यटकीय स्थल ,सास्कृतिक सम्पदा र भौगोलिक अबस्थाको सजिब चित्रण गरिने छ । देब नेपालको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्र मार्फत नव नायक भोला तिमल्सिना र रमेश सोढारी डेब्यु गर्दै छन् । सोनु राइ चलचित्रको नायिका हुन् । एस राज कुमार , बिन्दा थिङ्ग , कालु राना , चन्द्रमणि मुडभरी , बाबुराम शाक्य , लक्ष्मण देबकोटा , किशोर खतिवडा आदि कलाकारको चलचित्रमा अभिनय रहने छ ।

अर्जुन प्रसाद डोटेल र रामकुमार अधिकारि चलचित्रका निर्माता हुन् । चन्द्रमणि मुडभरी कार्यकारी निर्माता रहेको यस चलचित्रमा बुद्धिमान तामाङ्ग र दुर्गा साहारा खड्का सह निर्माता हुन् । सुदिप डोटेलको प्रस्तुति चलचित्र म्हेन्दू २०७५ बैसाख पहिलो हप्ताबाट फ्लोरमा जाने छ । रोहित बिक्रम कार्कीले चलचित्रलाइ छायांकन गर्नेछन । चलचित्र करिब १ करोड २५ लाखको लागतमा निर्माण हुने छ । पुरुषोतम पौडेल रसुवा , बिमल डाँगी र सरोज कोइरालाको सब्द रहेको चलचित्रमा समाबेस गीतमा कुमार लामा योञ्जन , बिमल डाँगी र सरोज कोइरालाले संगीत गरेका छन् । बिध्या तिवारी , कुमार लामा र सरोज कोइरालाले चलचित्रका गीतमा आवाज भरेका छन् । चलचित्र भाद्रको अन्त सम्ममा सार्बजानिक प्रदर्शन गरिनेछ । नेपाली ,अंग्रेजी , जापानिज , भोजपुरी भाषामा चलचित्रको डबिंग गरि अन्तरा


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको