Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

नेपाली काँग्रेस भित्र सभापति को लागि आकांक्षा

admin

सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज फेरि बैठक राखेका छन्।

सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो। दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो। सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज पौडेलले बैठक राखेका छन्।

सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन्। प्रकाशमानले त आजदेखि सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट थाल्दैछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको