Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

५७ मुलुकमा पुग्यो ओमिक्रोन, बढ्दै छ त्रास?

admin

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन करिब ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ ।

 

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जानकारि प्राप्त भएको छ। ओमिक्रोन निरन्तर रुपमा फैलिरहेका कारण  अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत डब्ल्यूएचओको भनाइ छ ।

सुरुवातीमा दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट नेपालसहित दक्षिण एसियाका ३ मुलुकमा पनि फैलिएको छ । नेपालमा हालसम्म २ जनामा यो भेरियन्ट पुष्टि भएको छ भनेर भारतमा यसबाट संक्रमितको संख्या २१ पुगेको छ ।

त्यस्तै, कैयौं मुलुकले अन्तर्राष्ट्रिय यात्रामाथि कडाई गर्न थालेका छन् र विदेशी यात्रुलाई प्रवेशमा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि हङकङसहित ९ मुलुकबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

तर ओमिक्रोन भेरियन्टको संक्रामक क्षमता, हालका खोपको प्रभावकारिता र गम्भीर संक्रमण हुने वा नहुने भनेर पूर्ण तथ्य नआइसकेको कुरा सञ्चार माध्यमहरुले लेखेका छन ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको