Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

ग्यालेक्सि एक्सिलेन्स अवार्डबाट कोभिड हिरो बनेका आचार्य कांग्रेसमा पनि हिरो

admin

काठमाडौं । युवा व्यवसायी एवं समाजसेवी मनोज आचार्य सर्लाही जिल्लाकै एक परिचित नाम हो । छोटो समयमा नै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । दुई वर्षको कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिने आचार्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए । उनको जीतले सम्पूर्ण सर्लाही जिल्लावासी उत्साहित देखिएका छन । जिल्लाको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा अव राजनिति मार्फत देशकै मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासी मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ ।

उनी सर्लाही क्षेत्र नम्बर १ बाट संस्थापन इतर पक्ष बाट महाधिवेशन प्रतिनिधिमा ३४८ मतका साथ विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधि विजयी भएपछी उनले भने,’मेरो लगनशलिता र समाजसेवा प्रतिको भावनाले काँग्रेसजनले उच्च कदर गरेर मलाई महाधिवेशन प्रतिनिधिमा अमुल्य मत दिई विजयी गराउनु भयो, म अत्यन्तै खुशी छु ।

सम्पुर्ण क्षेत्रीय प्रतिनिधिहरु तथा मतदाताहरुप्रती कृतज्ञ छु । उनले छोटो समयमा नै पार्टीले आफुमाथी भरोसा राखी महाधिवेशन प्रतनिधिमा बनाएको प्रती पनी खुशी व्यक्त गरे ।

पार्टीले म माथी भरोसा राखी महाधिवेशन प्रतिनिधिका लागी छनोट गरी मलाई पार्टी र समाजका लागी केही योगदान गर्न अवसर दिएकोमा म अत्यन्तै खुशी छु ।

यो आफुमा थप जिम्मेवारी बढेको भन्दै उनले पार्टी हित र समाजसेवाको यात्रामा निरन्तर अघि बढी रहने प्रतविद्धता व्यक्त गरे । काँग्रेसको यो अधिवेशनबाट ठुलो संख्यामा युवाहरु महाधिवेशन प्रतिनिधिमा चुनिएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको