Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

लोकप्रिय युवा नेता गणेश लामाद्वारा केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा

admin

काभ्रेका लोकप्रिय युवा नेता गणेश लामाले केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।
कांग्रेसको १४ औं महाधिवेशनमा उनले केन्द्रिय सदस्यको लागि उम्मेदवारी दर्ता गराएका हुन । युवा नेता लामाले आज खुला तर्फ केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन । काभ्रे निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा ठुलो मतान्तरले विजयी भएका लामाले शेर बहादुर देउवा प्यानलबाट खुल्ला तर्फ उम्मेदवारी दिएका हुन । युवा माझ लोकप्रिय नेता लामा समाजसेवा संगै सफल युवा व्यवसायीको रुपमा समेत चिनिन्छन । सामाजिक कार्यमा सधै सक्रिय र तल्लिन रहने युवा नेता लामाको लगनशिलता र समाजप्रतिको उत्तरदायित्व वहनले देशभर उनको लोकप्रियता बढ्दो छ ।
आफु केन्द्रिय सदस्यमा निर्वाचित भए एकाधिकारवादको हावी गराउने प्रवृत्ति र प्रजातान्त्रिक गठन प्रणालीशून्य संगठन चलाउने नियतलाई निरुत्साहित गर्दै त्यसमा क्षमा दिन नसकिने जानकारी आफ्नो ५ बुंदे योजनामा उल्लेख गरेका छन । युवा पुस्ताको अग्रसरतालाई जोड दिदै आएका लामाले पार्टिलाई थप शक्तिशाली कार्यसमिति निर्माण गर्ने बताएका छन ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको