Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

“मिस एण्ड मिस टिन ग्यालेक्सी नेपाल २०१८” को अन्तिम अडिसन आईतवार हुने

admin

काठमाडौँ – दक्ष इन्टरनेशनल प्रा।लि।को आयोजनामा “मिस एण्ड मिस टिन ग्यालेक्सी नेपाल २०१८” हुने भएको छ । बिगत केहि बर्ष देखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल दक्ष इन्टरनेशनलले अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिस टिन ग्यालेक्सी नेपाल २०१८” को पहिलो सिजन सुरु गर्न लागेको हो ।

मिस एण्ड मिस टिन ग्यालेक्सीको लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं कलाकारहरुको उपस्थितीमा भव्य रुपमा आयोजना हुने छ र त्यसका लागि प्रतियोगिताको अन्तिम अडिसन यहि आउदो बैशाख २ गते आईतवारका दिन मसला कटेज नयां बानेश्वरमा हुन लागेका प्रबन्ध निर्देशक टेकराज पाण्डेले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक पाण्डेले बताए ।
यस किसिमको प्रतियोगीताले नेपाली युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनलको कार्यालय नया बानेश्वर , तथा ९८५१२१०६६७, ४४८७६९० मा सम्पर्क गरि आवेदन दिन सकिने छ ।
यस अघि मिस एण्ड मिसेस ब्यूटिफुल नेपाल सिजन ३ भव्य रुपमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ६० जना बढी प्रतिस्पर्धी सहभागी भएर आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । भने नेपालका सर्वाधिक चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथीको रुपमा नेपालका चर्चित कलाकारहरु किरण केसी तथा निर्णायकहरुमा गजित विष्ट,संचिता लुईटेल, निरु खड्का, डा.श्याम खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा तथा नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटी रहेका थिए । साथै चर्चित एवं लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको