Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

बिस्केट जात्रा सुरु, सुरक्षा व्यवस्था कडा

admin

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा मंगलबारबाट सुरु हुँदैछ । गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार मंगलबार दिउँसो एक बजेबाट जात्रा सुरु हुनेछ ।

तौमढी बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा शुरु हुन्छ । यो जात्रा आगामी बैशाख ५ गते गहिटी पुर्‍याएर सम्पन्न हुन्छ ।

जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार जात्रा हुने ३४ स्थानमा सिसी टिभी क्यामरा जडान गरेर निगरानीको व्यवस्था मिलाइएको छ । यसबाहेक जात्राको सुरक्षाका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जात्रा अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गर्ने बताए ।

बिस्केट जात्राको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच हरेक वर्ष ढुंगा हानाहान हुने र झडप हुने गर्दछ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रहसहित सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सदभाव र्‍याली निकालिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको