Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

दोश्रो मिस एस.इ.इ.स्टार २०१८ को अडिसन सम्पन्न

admin

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘मिस एस.इ.इ.स्टार २०१८’ कन्टेस्टको अडिसन सम्पन्न भएको छ । भवानी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस प्रतिस्प्रधामा एस.इ.इ.दिएर बसेका झन्डै २ दर्जन विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई स्कलरसिप, मोडेलिङमा अबसर तथा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा मोडेल तथा लिडरसिप ट्रेनर सास्वत कार्की, फेशन डिजाईनर साबित्री सुनिता ढुंगाना, मिस एभरेस्ट नेपाल २०१६ बिजेता आकांशा भट्टराई लगायत निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।

प्रतियोगिताको अडिसनका लागि एस.इ.इ.दिएर बसेका विद्यार्थीहरु लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भनेर अर्को अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक सोनित राज ढुंगेलले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको बिजेताले कलेजमा फुल स्कलरसिप, मोडेलिङमा अबसर, थाईल्याण्ड टुर, मोबाईल तथा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण कोरियोग्राफर सगुन पाण्डे दिनेछन । प्रतियोगीलाई डिजाईनर साबित्री सुनिता ढुंगानाले आकर्शक डिजाईन तयार पार्नेछिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको