Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

दोश्रो मिस एस.इ.इ.स्टार २०१८ को अडिसन सम्पन्न

admin

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘मिस एस.इ.इ.स्टार २०१८’ कन्टेस्टको अडिसन सम्पन्न भएको छ । भवानी इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यस प्रतिस्प्रधामा एस.इ.इ.दिएर बसेका झन्डै २ दर्जन विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई स्कलरसिप, मोडेलिङमा अबसर तथा समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा मोडेल तथा लिडरसिप ट्रेनर सास्वत कार्की, फेशन डिजाईनर साबित्री सुनिता ढुंगाना, मिस एभरेस्ट नेपाल २०१६ बिजेता आकांशा भट्टराई लगायत निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।

प्रतियोगिताको अडिसनका लागि एस.इ.इ.दिएर बसेका विद्यार्थीहरु लागि आवेदन फाराम खुल्ला गरिएको र बिबिध कारणबस अडिसनमा आउन पाउनु नभएकाहरुले फर्म भनेर अर्को अडिसनमा आउन सकिने संस्थाका प्रबन्ध निर्देशक सोनित राज ढुंगेलले जानकारी दिनुभयो । उक्त प्रतियोगिताको बिजेताले कलेजमा फुल स्कलरसिप, मोडेलिङमा अबसर, थाईल्याण्ड टुर, मोबाईल तथा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण कोरियोग्राफर सगुन पाण्डे दिनेछन । प्रतियोगीलाई डिजाईनर साबित्री सुनिता ढुंगानाले आकर्शक डिजाईन तयार पार्नेछिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको