Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

व्यापारीलाई धम्की दिई आतंक मच्चाउने सलिम प्रकाउ

admin

कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज लगाएतका स्थानीय व्यापारीलाई एसएमएसमार्फत धम्की दिई फिरौती आतंक मच्चाउने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रकाउ पर्नेमा महाराजगन्ज नगरपालिका–६ बटकी वुटनिया बस्ने ३१ वर्षीय सलिम मुसलमान छन् । कृष्णनगर नगरपालिका–९ बहादुरगन्जका स्थानीय व्यापारी अरुण कशौधन, राजेन्द्र गुप्ता लगाएतलाई एसएमएसमार्फत पाँच देखी दश लाख सम्म चन्दा मागेर आतंक मच्चाउँदै आएका मुसलमानलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

उनले मोबाईलबाट व्यापारीलाई एसएमएस पठाउँदै रकम माग्ने र नदिएमा अपहरण वा मार्ने सम्मको धम्की दिँदै आएको व्यापारीहरुले बताएका छन् ।

व्यापारीलाई धम्की दिई फिरौती मागेर हैरान गरेको भन्दै प्रहरीमा उजुरी परेपछि सलिमलाई यसै हप्ता प्रकाउ गरिएको र थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले  जानकारी दिए ।

अभियुक्तलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको