Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

प्रधानमन्त्री शेरबहादुर देउवाको तिन दिनको भारत भ्रमणमा जाने

admin

प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका लागि गृहकार्य सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६–२८ मा हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन देउवा पुस २५ मा भारत जान लागेका हुन् । परराष्ट्र स्रोतका अनुसार भारतीय पक्षबाट देउवाको भ्रमणका लागि प्रस्ताव आएको छ । प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई भ्रमण तयारी गर्न निर्देशन दिइसकेका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका लागि गृहकार्य भइरहेको छ, मन्त्रालयले अहिलेका लागि पुस २५–२७ को मितिलाई आधार मानेर तयारी भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यो अन्य बेलाको जस्तो राजकीय भ्रमण हो/होइन भन्ने टुंगो लागिसकेको छैन ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको