
नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएको बताएका छन् ।
सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।
खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसन अनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’
उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए । ‘आज राजीनामा दिएको छु, यो अहिले म धेरै बोल्न चाहन्न’, उनले भने ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र कार्यदक्षताका आधारमा खनाललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
खरेल प्रहरी सेवामा २९ वर्ष बिताएका छन् ।

लोकप्रिय समाचार