Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

डिआईजी रमेश खरेलले राजीनामा दिए

admin

नेपाल प्रहरीका डिआईजी रमेश खरेलले प्रहरी सेवाबाट राजीनामा दिएको बताएका छन् ।

सरकारले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेसँगै सो प्रति असन्तुष्टि जनाउँदै खरेलले पदबाट राजीनामा दिएका हुन् ।
खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसन अनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’

उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए । ‘आज राजीनामा दिएको छु, यो अहिले म धेरै बोल्न चाहन्न’, उनले भने ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र कार्यदक्षताका आधारमा खनाललाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

खरेल प्रहरी सेवामा २९ वर्ष बिताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको