Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

रमदान उल मोबारक सकियो सोमवार सार्वजनिक विदा

admin

मुस्लिम समुदायले मनाउने एक महिने रमदान उल मोबारक शुक्रबार सकिएको छ। अरबिक पात्रोअनुसार रमदान नवौं महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि महिना दिनको रोजा (व्रत) सकिन्छ। रमदान सकिएको भोलिपल्ट अर्थात् दसौं महिनाको पहिलो दिनदेखि मुस्लिमहरूको अर्को महत्त्वपूर्ण पर्व इद उल फितर शनिबार सुरु हुनेछ। यसै अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

अरबी पात्रोअनुसार दसौं महिना (सब्बाल) को पहिलो तारिखदेखि इद उल फितर सुरु हुन्छ। इदलाई मुस्लिमहरूले खुसीको पर्वका रूपमा मनाउँछन्। नेपाली जामे मस्जिदका सचिव मन्सुर सेनका अनुसार धनी वर्गले एक वर्षभित्र आफूले सुनचाँदी, नगद वा जिन्सी जति बचत गर्छ त्यसको २.५ प्रतिशत गरिब, दीनदु:खी वा विपन्नलाई दान दिनुपर्छ। यसलाई जकात भनिन्छ। यो पर्वका दिन सबैले बिहान नियमित नमाज पढेपछि सफासुग्घर भएर चोखो लुगा लगाएर जामे मस्जिदमा भेला हुन्छन्। त्यसपछि तोकिएको समयमा इद उल फितरको विशेष नमाज सामूहिक रूपमा पढ्ने गर्छन्। नमाजपछि एकअर्कामा अंकमाल गरी शुभकामना साटासाट गर्ने चलन छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको