Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

रमदान उल मोबारक सकियो सोमवार सार्वजनिक विदा

admin

मुस्लिम समुदायले मनाउने एक महिने रमदान उल मोबारक शुक्रबार सकिएको छ। अरबिक पात्रोअनुसार रमदान नवौं महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा देखिएपछि महिना दिनको रोजा (व्रत) सकिन्छ। रमदान सकिएको भोलिपल्ट अर्थात् दसौं महिनाको पहिलो दिनदेखि मुस्लिमहरूको अर्को महत्त्वपूर्ण पर्व इद उल फितर शनिबार सुरु हुनेछ। यसै अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

अरबी पात्रोअनुसार दसौं महिना (सब्बाल) को पहिलो तारिखदेखि इद उल फितर सुरु हुन्छ। इदलाई मुस्लिमहरूले खुसीको पर्वका रूपमा मनाउँछन्। नेपाली जामे मस्जिदका सचिव मन्सुर सेनका अनुसार धनी वर्गले एक वर्षभित्र आफूले सुनचाँदी, नगद वा जिन्सी जति बचत गर्छ त्यसको २.५ प्रतिशत गरिब, दीनदु:खी वा विपन्नलाई दान दिनुपर्छ। यसलाई जकात भनिन्छ। यो पर्वका दिन सबैले बिहान नियमित नमाज पढेपछि सफासुग्घर भएर चोखो लुगा लगाएर जामे मस्जिदमा भेला हुन्छन्। त्यसपछि तोकिएको समयमा इद उल फितरको विशेष नमाज सामूहिक रूपमा पढ्ने गर्छन्। नमाजपछि एकअर्कामा अंकमाल गरी शुभकामना साटासाट गर्ने चलन छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको