Logo
14 Dec 2024    २९ मंसिर २०८१, शनिबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस, तराईंमा बाक्लो हुस्सु नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का

नक्कली कागजात बनाउने कारखाना नै भेटियो

admin

काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटार स्थित एक घरमा नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना नै भेटिएको छ । उक्त कारखानबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट सहित एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख (एसपी) उमाशंकर पंजियारले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा रहेका छन् ।
पोल्याण्ड जानका लागि पाँच हजारमा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नेपालटारमा नक्कली कागजात बनाउने कारखान नै फेला परेको एसपी पंजियारले बताएका छन् ।
खुमानसिंहले त्रिपुरेश्वर स्थित कन्सुलर विभागमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा उनले बुझाएको एसएलसीको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा थापालाई अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेका थिए । तिनै अर्जुनमार्फत बल बहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेका थिए ।
‘बल बहादुर राउतले ४ बर्षदेखी आफ्नै कोठामा नक्कली कागजात बनाएर विक्री गर्ने गरेको देखिन्छ’ एसपी पंजियारले भने, ‘उनले बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत नक्कली बनाउने गरेको देखिन्छ ।’
ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम राउतले भारतबाट ल्याउने गरेको पाइएको छ । राउतले अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
राउतले १ हजार पाँच सय देखी ५ हजार मुल्यमा विक्री गर्ने नक्कली कागजात बिचौलियाको रुपमा देखिएका अर्जुन अधिकारीले चार लाखसम्ममा विक्री गर्ने गरेको बताइएको छ ।
प्रहरीले राउतको कोठाबाट ठुलो संख्यामा होलोग्राम, छाप, कम्युटर लगायतका नक्कली कागजात बनाउने सामग्रिहरु बरामद गरेको छ । उनिहरु माथी सरकारी छाप दस्तखत मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिने महाशाखाका निमित्त प्रमुख पंजियारले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको