Logo
01 Feb 2023    १८ माघ २०७९, बुधबार

ताजा खबर

विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवस:वृद्धाश्रमलाई विभिन्न सहयोग कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित ४ जना पक्राउ भारतबाट बढेर आयो इन्धनको भाउ माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित खेर जाँदै ४० लाख ‘डोज’ खोप सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा

प्रतिबन्धित ५० लाख भारतीय रुपैयाँँ बरामद, दुई पक्राउ

admin

प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । प्रहरीले उक्त प्रतिबन्धित नोटसहित मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको छ ।

काठमाडौंको लाजिम्पाट क्षेत्रमा पूराना भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले ४९ लाख ३१ हजार ५० सय भारतीय रुपैयाँ बरामद गरेको हो ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले १००० दरका २२०६ थान र ५०० दरका ५४५१ थान नोट बरामद गरिएको जानकारी दिए । उक्त रकम नेपालीमा रुपान्तर गर्दा ६५ लाख ६९ हजार ५२५ रुपयाँ पचास पैसा हुन आउँछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको