Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

मृगतृष्णा फेशन हाउसको नवौ बार्षिकोत्सव तथा डिजाईनर तृष्णाको जन्मदिन एक साथ मनाइयो

admin

चर्चित फेसन डिजाइनर तथा मृगतृष्णा फेशन हाउसकी प्रबन्ध निर्देशक तृष्णा गुरुङले आफ्नो जन्मदिन तथा मृगतृष्णा फेशन हाउसको नवौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरिन । मोडलिङ्ग क्षेत्रका चर्चित तथा स्थापित कलाकारहरुको पहिलो रोजाईमा पर्ने लोकप्रिय एवं चर्चित डिजाईनर तृष्णा गुरुङ्गले संचालन गरेको महाराजगंजस्थित ,शितल निवास नजिकै रहेको मृगतृष्णा फेशन फेशन हाउसमै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरु, मोडल, कलाकार एवं डिजाईनर गुरुङ्गका आफन्तजन र साथीभाई तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित नायिका रजनी केसीले डिजाईनर गुरुङ्गलाई जन्मदिनको शुभकामना दिनुका साथै उनका आकर्षक डिजाइन तथा क्रियसन वारेमा चर्चा गरेकी थिईन भने उपस्थित अन्य व्यक्तित्वहरुले पनि उनलाई शुभकामना ताथ फेशन हाउसको प्रगतिको कामना गरेका थिए । डिजाईनर अफ द ईयर २०१३ बिजेता फेसन डिजाइनर तृष्णा गुरुङले सन् २०११ देखि विभिन्न फेशन शो को समेत आयोजना गर्दै आईरहेकी छिन ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपाली डिजाईनलाई उजागर गर्ने उद्देश्य बमोजिम उनले काठमाडौ उपत्यका मात्र नभएर हालै मात्र आफ्नो जन्मस्थान कावासोतीमा समेत पहिलो पटक फेशन शो गरेर निकै चर्चा बटुलिन ।
यसका अलावा दुवई भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर गुरुङ्ग यस सफलताको श्रेय आफ्ना माता सुभद्रा गुरुङ्ग तथा भाई डा.बुद्धि गुरुङ्गलाई दिन्छिन ।
कारण, नौ वर्ष अघि आफ्नो जन्मदिनका दिन उनका माता सुभद्रा तथा भाई डा.बुद्धि गुरुङ्गबाट मृगतृष्णा फेशन हाउस बुटिक स्थापना गरि जन्मदिनको उपहार स्वरुप प्राप्त गरेकी थिइन । त्यसको निरन्तरता, उनको मिहिनेत काम प्रतिको लगाव र ईमान्दारिताले आज राष्ट्र तथा अन्तराष्ट्रिय क्षेत्रमा सफल डिजाईनरको रुपमा स्थापित गराएको छ । मिस गुरुङ्ग ईन्टरनेशनलको दोश्रो सिजनको तयारीमा व्यस्त डिजाईनर गुरुङ्ग यस प्रतियोगिताको माध्यमबाट गुरुङ्ग समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउनु आफ्नो उद्देश्य रहेको जानकारी दिईन ।
 

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको