Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

बज्र गुरुङले गाएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक

admin

लामो समयदेखि जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको संगीत संयोजन रहेको गीतको भिडियो होटल र्याडिसनमा एक कार्यक्रमका उक्त जापानी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ एवं नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी नागरिक एवं व्यबसायी यौची टाडा र मेग्मिको विशेष अतिथीको रुपमा उपस्थिती रहेको थियो ।

वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो । गीत, संगीत, कलाकै माध्यमबाट नेपाल तथा जापान बिचको दौत्य सम्बन्ध अझ प्रगाढ हुने विषयमा गायक बिश्वस्त हुनुहुन्छ । ईतिहासमै कुनै विदेशीले जापानीज भाषामा गीत रचना गरी संगीतबद्ध गरेर गाएको सम्भवत यो पहिलो रहेको कुरा गायक गुरुङ्गले बताउनुभएको थियो । वरिष्ठ संगीतज्ञ बास्कोटाले संसारका धेरै देश पुगिसकेको तर जापान पुग्न बाँकी रहेको बताउँदै त्यहाँको संगीतमा अलग्गै मिठास रहेको बिचार राख्नुभयो । यसै गरि सम्मानित हुनुभएकी गायिका राणाले आफुलाई यस्तो महत्वपूर्ण कार्यक्रममा सम्मान गरेकोमा आयोजक तथा गायक प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

वल्र्डवाईड मिडिया नेटवर्कका प्रमुख एवं गायक रामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको समापन उक्त गीतको रेकर्डष्टि तथा संगितकार सुरेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको संचालन संचारकर्मी विना श्रेष्ठले गर्नुभएको थियो । गायक गुरुङकै रचना र संगीत रहेको यस जापानी गीतको छायाँकन भने नेपालकै रमणीय स्थलहरुमा गरिएको छ ।

गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा मोडल विकेश तण्डुकार तथा गायक गुरुङले अभिनय पनि गरेका छन् । भिडियोको सम्पादन माधव वेलवासेको ,कोरियोग्राफी निशिला शाक्यको रहेको छ भने छायाँकन र निर्देशन अमृत सुनवारले गरेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको