Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

किन बनेन देश ?

admin

– डा.डिआर उपाध्याय,
देशमा ब्यापक रुपमा भ्रष्टाचार बढेर गएको छ । यो माहामारी जसरी फैलिएको छ । भ्रष्टाचारलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने यसले बिकाराल रुप लिन सक्छ । भ्रष्टाचारले सबै क्षेत्रमा लामो समयदेखि नकारात्मक प्रभाव पारिरहेको छ । मुलुकमा भ्रष्टाचार बढनु भनेको बिकासको गतिलाई रोक्नु हो । भ्रष्टाचारले देशलाई खोक्रो बनाइसकेको छ । भौतिक सम्पन्नताको होडबाजीका कारणले भ्रष्टाचार बढ्ने हो । देशमा भ्रष्टाचार बढदै जानु भनेको यो राम्रो संकेत होइन । भ्रष्टाचारलाई अब जरो देखि उखेलेर फाल्नु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ ।
जनता पनि कुनै कार्यालयमा जाँदा काम बनेन भने कर्मचारीलाई घुस खुवाउन पछि पर्दैन । यो नै गल्ति हो । हामी आफै गल्ति गरिरहेका छौं । भ्रष्टाचारको भण्डाफोर गर्नु पर्ने बेलामा आफै घुस खुवाउन थाल्यौ भने हामी कस्तो समाज बनाउन खोजिरहेका छौं । यो बारे हामी नागरिक आफै सचेत र चलाखो हुनु पर्ने बेला आएको छ । मुलुक किन बनेन ? यो बारे बहस गर्न जरुरी छ । मुलुकमा दूरदर्शी नेता नजन्मेकोले देश नबनेको हो । यो साँचो कुरा हो । देशमा शासन व्यवस्था परिवर्तन भयो तर शैली र ब्यवहार परिवर्तन भएन । उही शैली र ब्यवहारले मुलुकको विकास हुदैन ।
हाम्रो देश जलस्रोतको धनी देश हो । तर जलस्रोतको सही सदुपयोग हुन सकेन । सरकारले देश विकासका लागि आवश्यक पर्ने शिक्षा नीति बनाउन सकेन । राम्रो किसिमको शिक्षा नीति नभएर पनि मुलुकको विकास पछि परेको हो । मुलुकमा दलाल पुँजीवाद हावी भयो, स्वाधीन अर्थतन्त्र भएन त्यसैले हामी गरिब भएका हौँ । सरकारले राष्ट्रिय पुँजीको विकास गर्न सकेन । भएका उद्योगहरू सरकारले निजीकरणका नाममा सिध्यायो ।औद्योगिक नीति नबनेको कारण मुलुकको विकास नभएको हो ।
मुलुकमा जबसम्म कृषिजन्य वस्तु उत्पादन हुँदैन, जबसम्म हामीले कृषिमा बिकास गर्न सक्दैनौं । जबसम्म सरकारले देशभित्र युवालाई रोजगारी दिन सक्दैन तबसम्म मुलुक बन्दैन । आखिर के हो मुलुक नबन्नुको कारण ? मुलुक समृद्ध हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार हो ।हरेक चुनावपछि गठन भएका सरकारबाट सुशासन दिने प्रतिबद्धता भए पनि जनताले सुशासनको अनुभूति गरेको आभास मिल्न सकेको छैन । देशमा दलहरूको आडमा भ्रष्टाचार मौलाइरहेको छ । अहिले भ्रष्टाचारको मूल जरो कहाँ छ त्यो खोज्नु पर्ने बेला भएको छ । गरिब, असहायका नाममा आएको अर्बौं रकम हिनामिना भएको छ ।
सरकारले भ्रष्टाचारको कुरा जोडदार रूपमा उठाए पनि मुलुक अहिले भ्रष्टाचारबाट आक्रान्त छ । भ्रष्टाचार कहाँ छ भनेर खोज्नु भन्दा पनि भ्रष्टाचार कहाँ छैन भनेर खोज्नु पर्ने भएको छ । भ्रष्टाचार अहिले सङ्घीय सरकारदेखि स्थानीय सरकारसम्म फैलिएको छ । न्यायालय पनि अहिले भ्रष्टाचारको अखडा भएको पाइएको छ । दलहरूको आम्दानी र खर्चको स्रोत पारदर्शी छैन । सबै भ्रष्टकर्मचारीहरू नेताको संरक्षणमा छन् । सुशासनको कुरा नारामा मात्र सीमित भएको छ । न्यायपालिका तीन महिनादेखि ठप्प हुँदासम्म राजनीतिक दल स्वार्थको कारण बोलिरहेका छैनन् । राजनीतिक दलहरूमा जसरी पनि कमाउनु पर्छ । चुनाव जित्नुपर्छ भन्ने मानसिकता विकास भएको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको