Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

प्रतिक्षित चलचित्र हैरानको शिर्ष गीत “हैरान हैरान” सार्वजनिक

admin

प्रतिक्षित चलचित्र हैरानको शिर्ष गीत हैरान हैरान सार्वजनिक भएको छ । सत्यरस्वरुप आचार्य, बबिता मानन्धर, गिरिश खतिवडा, सरगम आचार्य लगायतको आवाजमा रहेको गीतमा शब्द संगीत सत्य र स्वरुप आचार्यको रहेको छ । शिर्ष गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका उक्त गीतमा चलचित्रका मुख्य कलाकारलाई फिचर गरिएको छ ।
सरोज खनाल, बुद्धी तामाङ, वसिम राजा, सत्यराज आचार्य, गजित बिस्ट, सागर लम्साल,शिशिर भण्डारी, निश्मा घिमिरे, निर्मल शर्मा, आरोही शर्मा, एन्जल राई, पुस्कर रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । डान्स फेभरको ब्यानरमा बनेको फिल्म मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामाले संयुक्त रुपमा निर्माण गरेका हुन । कथा तथा कोरियोग्राफी गम्भीर बिस्टको रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द, सत्यराज आचार्य, स्वरुपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत, नवराज उप्रेती र निरज कडेलको छायांकन र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

हैरान जेठ ४ गतेबाट प्रदर्शनमा आउदै छ ।

शिर्ष गीत :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको