Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

दुर्गेश थापामाथी गीत चोरीको आरोप,गायक योगेशकाजीको ‘पानी खोलीको’ सार्वजनिक अगावै विभिन्न डिजिटल प्लेट्फममा

admin

गायक तथा सङ्गीतकार योगेश काजीले गायक दुर्गेश थापालाई गीत चोरीको आरोप लगाएका छन । आज आफ्नो फेसबुक मार्फत जानकारी दिदै गीतका गायक समेत रहेका योगेशले लेखेका छन , “हिजो रिलिज गरेको मेरो गित ‘पानी खोलिको’को अडियो छ महिना अगाडि नै ONErpm बाट विभिन्न डिजिटल प्लेट्फम मा दुर्गेश थापा भाइले हालेछन।

यो अधिकार तिमिलाई कसले दियो ?
बिना कुनै सम्झौता सुन्न को लागि दिएको गितलाई यसरी चोरी गर्नु अपराध हो। छलकपट हो घात हो अहिले मेरो युटुब मा  Monitization Off  भएको छ र Google Adsence बाट हुने मेरो आयस्रोत बन्द भएको छ।।।।।बाकी कुरा बिस्तार मा बताउने छु।”

 

आफ्नो स्वरमा माघ १ गते सार्वजनिक भएको गीत ‘पानी खोलिको’ गायकले आफ्नो युट्यूब च्यानल वाइटीएच इन्टरटेनमेन्ट बाट रिलिज गरेका थिए । धेरै उत्साह र उमङ्ग का साथ बजार मा ल्याउने बित्तिकै अडियो कपिराइट लागे पछि गायक निराश बने ।

योगशेका अनुसार गायक दुर्गेश थापाले सात महिना अगाडि नै योगेशको यो गीत उनीसँग कुनै पनि प्रकारको सहमती तथा सम्झौता नगरी आफ्नो युट्युवमा अपलोड गरेका रहेछन् । जसबाट योगेश लाई प्राप्त हुने सम्पुर्ण रेभिन्यु अहिलेका लागि बन्द भएको छ । यसरी गीत संगीत क्षेत्रमा गीत चोरी हुनु नौलो नभए पनि सर्जकले आफ्नो मिहिनेतले तयार पारेका श्रृजना आफ्नै सहकर्मी साथीभाईबाट बिना जानकारी राईट लिने प्रयासको घोर भत्र्सना गर्छु उनले बताए । यथाशिघ्र उक्त गीत फिर्ता नगरे आफु बाध्य भएर कानूनी परामर्शमा जाने उनले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको