Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

सरकारको सुस्त गति

admin

-डा.डिआर उपाध्याय,

यो बर्तमान गठबन्धन सरकारबाट नेपाली जनताले जुन किसिमको आशा गरेका थिए त्यो अनुसार काम हुन सकेन । वर्तमान सरकारले ६ महिना अवधि पूरा गरिसकेको छ । सरकार बनेदेखि यता यो सरकारसँग धेरैले धेरै कुराको अपेक्षा गरेका पनि हुन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न झन्डै तीन महिना कुर्नुप¥यो । जबकि, यो तीन महिना सरकारको कामको सुरुवाती हेर्ने अवधि थियो । उनले ८८ दिनपछि मात्र असोज २२ मा मन्त्रिपरिषद् विस्तार गरे ।

नेपाली जनताले यो सरकारबाट के पाए ? देशमा सुशासन कायम गरेको खै ? सरकारको प्राथमिकताका बिषय के के हुन ? अर्थतन्त्र ओरालो लाग्दै छ । कोरोनाविरुद्ध खोपबाहेक जनताको नजरमा सरकार खासै देखिएन । सरकारको गति सुस्त भयो । सरकारले काममा गति दिन सकेन । अहिले गतिका साथ काम गर्नेबेला थियो । संघीयतालाई व्यवस्थापन गर्न अत्यावश्यक कानुन निर्माण गर्नुपर्ने समय थियो । विभिन्न अध्यादेश सदनबाट अनुमोदन गर्नुपर्ने थियो । तर, दुर्भाग्य नै भन्नुपर्छ, संसद् चल्न सकेको छैन । संसद् सरकारका कारणले नभएर प्रमुख प्रतिपक्षी दलका कारण अवरुद्ध छ ।

अवरुद्ध संसद् खुलाउने जिम्मेवार निकाय सरकार पनि हो । समस्या समाधानका लागि सरकारको प्रमुख दायित्व हुन्छ । स्थानीय निर्वाचन गर्नुपर्ने समय नजिकिँदै छ । अबको चार महिनापछि स्थानीय तह जनप्रतिनिधिविहिन हुँदै छन् । यसो हुन नदिन त्यसअघि नै चुनाव गरिनुपर्छ । सरकारले चुनावको कुनै तयारी गरेको छैन । यो साता चुनाव घोषणा नभए जेठ पहिलो सातादेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुने छन । मुलुक हाँक्ने जिम्मेवारीमा रहेका राजनीतिक नेतृत्वमा नैतिकता इमानदारिता भन्ने कुरा पटक्कै भएन । हाम्रो मुलुकलाई सिंगापुर, स्वीजरल्यान्ड बनाउन कठिन छैन । यहाँको जलस्रोत र प्राकृतिक सम्पदाको प्रचुर प्रयोग गर्न सकिएमा मात्रै पनि मुलुक धेरै माथि पुग्न सक्छ ।

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूल रूपमा सच्चिनुपर्छ ।अहिले मुलुकको आर्थिक परिसूचक नकारात्मक बन्दै जान थालेका छन् । यदि आर्थिक अवस्था यसरी नै नकारात्मक बन्दै जाने हो भने मुलुक असफल राष्ट्र बन्न सक्ने खतरा पनि छ । सबै शासक र राष्ट्रसेवकहरूले लोभ लालच त्याग गर्दै देश बनाउने अठोट लिएर अगाडि बढ्ने हो भने समृद्धि त्यति टाढा छैन । अहिले विकासका विभिन्न योजना र कार्यक्रम अवरुद्ध बनेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरूको कामसमेत प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्य मन्त्रालय र मातहका निकायको अनुगमन गर्न सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको