Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’हुने

admin ६ माघ २०७८, बिहीबार १८:१४ मा प्रकाशित

काठमाण्डौ, माघ ६ जाडो महिना सकिने क्रम र गर्मी शुरु हुन लागेसंगै “समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ हुने भएको छ । स्टुडियो कुबेरको आयोजनामा पेजेन्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको उक्त फेशन शोको यही ८ गते शनिवारका दिन ११ बजे टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार काठमाण्डौंमा अडिसन हुन लागेको हो । कार्यक्रममा सहभागीता जनाउनका लागि अडिसनकै दिन गएर आवेदन भर्न सकिने छ । कार्यक्रमको ग्राण्ड फिनाले केही महिनापछी हुने र अहिले अडिसन तथा ट्रेनिङ हुने आयोजक स्टुडियो कुबेरका चेयरपर्सन कुबेर तामङगले बताए । अहिलेसम्मा गरिएका फेशन शो भन्दा केही फरक र दमदार प्रस्तुती सहित हामी मार्केटमा आउन लागेको कुरा तामाङगले बताए । अहिलेको विषम परिस्थिति पूर्ण सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर यस्को अडिसन गरिने र समय अनुकुल हेरेर यसको फाइणल कार्यक्रमको मिती तय गरिने कुरा पनि आयोजना टिमले बताए । अडिसनको निर्णयक भूमिकामा कलाकारिता, मोडलिङ, फेशन आईकन तथा समाजसेवी लगायतका प्रतिष्ठित व्यक्तित्वहरु रहने कुरा पनि जानकारी गराए । कार्यक्रमको सपोर्टेड मिडियाको रुपमा राष्ट्रखबर, तथ्यखबर तेजनेपाल, सिनेकला, ग्यालेक्सी दैनिक लगायतका रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको