Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंह

admin

काठमाडौं– गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंहको सरुवा गरेको छ ।

उपत्यकाको अपराध अनुसन्धानको महत्वपुर्ण ईकाइ मानिने अपराध महाशाखामा वैशाख २ गतेको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सिंहलाई पठाईएको हो ।

सिंह यसअघि संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख हुँदा राम्रो काम गरेर चर्चा कमाएका सिंहले संगठित अपराधमा विशेष दख्खल राख्ने प्रहरी अधिकारीको रुपमा चिनिन्छ । पर्साको प्रहरी प्रमुख हुँदा तस्करी नियन्त्रणमा विशेष भूमिका खेलेका थिए ।

३३ किलो सुन प्रकरण र पुर्वमा सनम शाक्यको हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएपछि चैत २३ गते महाशाखाका तत्कालिन एसएसपी विदेश लोहनीलाई गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

प्रहरी प्रधान कार्यालयले एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नावय निरीक्षक ९सई० बालकृष्ण सञ्जेललाई प्रहरी हेड्क्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर गराएपछी महाशाखा नेतृत्वविहीन थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको