Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंह

admin

काठमाडौं– गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धीरजप्रताप सिंहको सरुवा गरेको छ ।

उपत्यकाको अपराध अनुसन्धानको महत्वपुर्ण ईकाइ मानिने अपराध महाशाखामा वैशाख २ गतेको गृहमन्त्रीस्तरीय निर्णय अनुसार सिंहलाई पठाईएको हो ।

सिंह यसअघि संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख हुँदा राम्रो काम गरेर चर्चा कमाएका सिंहले संगठित अपराधमा विशेष दख्खल राख्ने प्रहरी अधिकारीको रुपमा चिनिन्छ । पर्साको प्रहरी प्रमुख हुँदा तस्करी नियन्त्रणमा विशेष भूमिका खेलेका थिए ।

३३ किलो सुन प्रकरण र पुर्वमा सनम शाक्यको हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएपछि चैत २३ गते महाशाखाका तत्कालिन एसएसपी विदेश लोहनीलाई गृहमन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।

प्रहरी प्रधान कार्यालयले एसएसपी लोहनी, डिएसपी प्रजित केसी र प्रहरी नावय निरीक्षक ९सई० बालकृष्ण सञ्जेललाई प्रहरी हेड्क्वार्टरको मानवश्रोत विकास विभागमा हाजिर गराएपछी महाशाखा नेतृत्वविहीन थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको