Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

उपत्यकामा आज जोर नम्बरका सबारी मात्रै चल्न पाउने

admin

काठमाडौं उपत्यकामा आज जोर नम्बरका सबारी साधन मात्रै सञ्चालन हुँदैछन्। गए राति १२ बजेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लाका स्थानीय प्रशासनले सबारी साधनमा जोर बिजोर प्रणाली लागू गरेका हुन्। आज (माघ ८) जोर गते भएकाले आज अन्तिममा बिजोर नम्बर भएका सवारी चल्न पाउने छैनन्। उपत्यकामा आज जोर नम्बर भएका सबारी मात्रै चलाउन पाइने स्थानीय प्रशासनले जनाएको छ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका हुन्।

बिहीबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो आदेश जारी गरेको हो। अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन्।  औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो आदेश जारी गरेको हो। अब जोर गते जोर नम्बर भएका सवारी मात्रै र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुनेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको