Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा जेल

admin

रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा झापा मेचीनगरका एक व्यक्ति जेल परेका छन् ।  जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर वडा नं ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ । थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् ।   अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ ।

उनका दाजु केदारले रक्तचन्दन तस्करीबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको गुनासो गरे ।

रक्तचन्दन तस्करीको घटनामा मेचीनगर १० निवासरी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो ।

केदारका अनुसार घटना हुँदा उनका भाइ वैदेशिक रोजगारीका लागि कतारमा थिए ।

विदेशबाट फर्किएपछि ट्याम्पो चलाएर जीविका चलाउँदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

रक्त चन्दन तस्करीमा संलग्न थापा भने वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको