Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

अनलाइन हाजिरी जवाफको लागी आवेदन खुल्यो

admin

ग्लोकल आफ्टर स्कुलले अपेक्स कलेजको सहकार्यमा ‘नलेज माएस्ट्रो–अनलाइन लाइभ क्विज’ एक दिने अनलाइन हाजिरी जवाफ प्रतियोगता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा १६ देखि २४ वर्षसम्मका युवाले निःशुल्क सहभागी भई प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिता युवाहरुको  बौद्धिक क्षमतालाई विकास गराउने हिसाबले तयार गरिएको कलेजले जनाएको छ।

विगतमा नलेज माएस्ट्रोको ४ संस्करणहरू सफलतापूर्वक आयोजना गरिएको थियो ।

यस प्रतियोगिता फेब्रुअरी १२ तारिखका दिन एकल राउण्डमा सन्चालन गरिनेछ।

प्रतियोगिता २ फरक बिधामा सञ्चालन हुनेछ जस अन्तर्गत आइटी तथा व्यापार एवम पर्यटन र आतिथ्य सम्बन्धी प्रश्नहरु सोधिनेछ।

दुवै विधामा आवेदन खुलेको आयोजकले बताएको छ।

दुवै विधाका प्रतियोगितामा विजेता, पहिलो रनर अप र दोस्रो रनर अपलाई क्रमशः रु १५,०००, रु १०,००० रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

को को सहभागी हुन पाउने?

  • प्रतियोगी १६ देखि २४ वर्ष उमेर समुहको हुनु पर्नेछ ।
  • सबै प्रतियोगी संग २ उपकरण हुनुपर्नेछ  (प्राथमिकतास् ल्यापटप, मोबाइल)
  • सहभागीहरू सँग नेटवर्क जडान हुनुपर्दछ र यदि क्विजमा इन्टरनेटको कारणले कुनै विच्छेद भयो भने ग्लोकल जिम्मेवार हुनेछैन ।

प्रतियोगिताका लागि आवेदन खुलेको छ र यसका लागि इच्छुक प्रतियोगीहरुले  दर्ता गराउनुपर्नेछ। आईटी तथा व्यापार एवम पर्यटन र आतिथ्य विधाको आवेदन भर्ने अन्तिम मिति क्रमशः फेब्रुअरी ११ तथा १० निर्धारणा गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको