Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

सुँगुरको किड्नी ब्रेन डेड मानिसमा सफल प्रत्यारोपण

admin १४ माघ २०७८, शुक्रबार ०९:०८ मा प्रकाशित

अमेरिकाको अलबामामा चिकित्सकहरुले वंशानुगत रुपमा परिवर्तन गरिएको सुुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरुले शल्यक्रिया सम्पन्न गरेका हुन् । गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीइ जिम पार्सनलाई ब्रेन डेड घोषणा गरिएको थियो ।

शल्यक्रियापछि प्रत्यारोपण गरिएको किड्नीले तत्काल काम गर्न थाले प्राप्त विवरणहरुमा जनाइएको छ । यसै महिना शल्यचिकित्सकहरुले वंशानुगत रुपमा परिवर्तन गरिएको बंगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको थियो । डेभिड बेन्नेट नाम गरेका व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति भएको जनाइएको छ ।

युनिभर्सिटी अफ म्यारिल्यान्डका चिकित्सकहरुको समूहले गरेको सो शल्यक्रियालाई बेन्नेटले चमत्कार भनेका छन् । सो विवरण सार्वजनिक भएपछि एक भारतीयले आफूले २५ वर्षअघि नै सुँगुरको मुटु पत्यारोपण गरेको दाबी गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको