Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

आँखा हेरेरै मृत्युको भविष्यवाणी गर्न सकिन्छ !

admin १४ माघ २०७८, शुक्रबार ०९:१३ मा प्रकाशित

वैज्ञानिकहरुले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन् ।

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम बनाउन सफल गरेका छन्, जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ ।

यस्ताे भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ । यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ ।

१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु (रेटिन एज) भविष्यवाणी गर्न सफल भएको  मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ ।

‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने ।

अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको