Logo
02 Dec 2022    १६ मंसिर २०७९, शुक्रबार

ताजा खबर

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो कोस्टारिका माथि ४–२ ले जिते पनि जर्मनी विश्वकप फुटवलबाट बाहिरियो विश्वकप फुटवल अन्तर्गत जापान नकआउट चरणमा प्रवेश निम अवार्ड छैठौं संस्करणको आवेदन खुल्ला कांग्रेसको नेतृत्वमा संयुक्त सरकार निर्माण : शेखर कोइराला

युवतीले बिक्रिमा राखिन् आफ्नै लोग्ने !

admin

रिसको झोँकमा मानिसले के सम्म गर्दैन ! न्युजिल्याण्डमा एक युवतीले आफ्नै लोग्नेलाई बिक्रि गर्नका लागि अनलाइनमा लिलामीमा राखिन् ।

घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि ती महिलाले लोग्नेलाई अनलाइन लिलामीमा राखेकी हुन् ।

बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा निस्किएपछि ती पुरुष आफ्नै पत्नीद्धारा
झण्डै बिक्रि भएका थिए ।

आफ्नै पतिलाई अनलाइन बिक्रिमा राख्ने ती महिलाको नाम लिन्डा म्याक एलिस्टर हो । उनले आफ्नो पति जोन म्याक एलिस्टरलाई अनलाइन किनमेल गर्ने साइटमा लिलामीमा राखिन् ।

त्यसमा उनले आफ्नो पतिको तस्वीरसहित प्रोफाइल तयार गरेर गज्जबको विज्ञापन तयार गरेकी छिन् । जसमा पतिको उमेर ३७ वर्ष, उचाइँ ६ फिट १ इन्च
रहेको र पेशाले किसान रहेको उल्लेख छ ।

John McAlister was listed on auction site Trade MeLinda said her husband 'should remain loyal if kept fed and hydrated'

पतिका यसअघि पनि धेरैजना मालिक रहेको भन्दै यदि राम्रो खानपिन गराएमा इमान्दार रहने उल्लेख छ । त्यस्तै बिक्रिमा रहेको आफ्नो लोग्नेको विवरणमा प्रयोग भैसकेको उल्लेख गरेकी छिन् ।

सन् २०१९ मा बिहे गरेका लिन्डा र जोनका दुईजना छोरा छन् । तर पत्नी र छोराहरुको उनलाई मतलबै नभएको गुनासो लिन्डाको छ ।

पति बिक्रिमा शीर्षकमा उनले राखेको अनलाइन लिलामीमा खरीदकर्तासम्म नि:शुल्क रुपमा लोग्ने डेलिभरी गरिदिने उल्लेख छ ।

२५ डलर सुरुवाती मूल्य राखिएको जोनको लिलामीमा १२ जनाले बोली लगाए र सबैभन्दा बढी बोली लगाउनेले १ सय डलर तिर्न तयार भए । तर धन्न जोन
म्याएलिस्टर १ सय डलरमा बिक्रि हुनु परेन । पछि पतिसँगको समझदारीमा लिन्डाले अनलाइनबाट उक्त विज्ञापन हटाइन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको