
संसारको सबैभन्दा ठूलो विमान आरओसी (रक) को परीक्षण उडान सफल भएको कम्पनीले बताएको छ । गत आइतबार विमानको पहिलोपटक परीक्षण उडान गरिएको हो ।
विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो । विमान निर्माता कम्पनी स्टे«टोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो ।
हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ । विमानको ३५ हजार फिटको उचाइसम्म उड्न सक्नेगरी डिजाइन गरिएको निर्माता कम्पनीले जानकारी दिएको छ ।
यो विमानमा बोइङ ७४७ को ६ वटा इन्जिन प्रयोग गरिएको छ । यसबाट हावामै हाइपरसोनिक एयरक्राफ्टसमेत लन्च गर्न सकिने बताइएको छ । विमानको सफल उडानले यसले भविष्यमा उच्चस्तरीय ढंगमा काम गर्न सक्ने विश्वास बढेको कम्पनीका प्रमुख कार्यकारीले बताएका छन् ।
लोकप्रिय समाचार