Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

यी सुन्दरीसँग डेटिङ जान मरिहत्ते गर्छन् पुरुषहरु

admin

केही मानिसहरुले सुन्दरताको हकमा बरदान नै पाएका हुन्छन् । उनीहरुलाई सुन्दरताले यतिसम्म कृपा गरेको हुन्छ कि मानौं उनीहरु पृथ्वीमा कुनै बरदान पाएर नै आएका हुन् । तपाइँले यस्ता कैयौं मानिसहरुलाई देख्नुभएको होला जसलाई देखेर उनीहरुको उमेरको सही अनुमान लगाउन कठिन हुन्छ ।

एक महिला यस्तै छिन् । उनका अनुसार मानिसहरु उनीप्रति निकै आकर्षित हुन्छन् जबसम्म उनले उनीहरुलाई आफ्नो सही उमेर बताउँदिनन् । महिलाका अनुसार उनको सही उमेर थाहा नपाउँदासम्म मानिसहरु उनीसँग डेटमा जान मरिहत्ते गर्छन् । डेली मिररमा प्रकाशित एक रिपोर्टअनुसार यी महिलाले आफ्ना सवा लाख टिकटक फलोअरसँग एउटा भिडियो शेयर गर्दै यो कुराको खुलासा गरेकी छिन् ।

भिडियोमा महिलाले बताएअनुसार उनलाई पहिलो पटक देख्ने जो कोही पनि उनको सुन्दरता देखेर मोहित हुन्छ । तर, जब उनले आफ्नो सही उमेर बताउँछिन् त्यसपछि भने ती मोहित भएका व्यक्तिहरु पछि हट्छन् । महिलालाई देखेर मानिसहरु विश्वास नै गर्न सक्दैनन् कि उनको वास्तविक उमेर ४४ वर्ष हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको