
मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले जित निकालेको हो ।
नेपालले मरिससलाई १-० गाेल अन्तरले पराजित गरेको हो । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । एक वर्षपछि टिममा फर्केका विमलले पहिलो खेलमै गोल गरेका छन् ।
नेपालको लागि उनको यो नवौं गोल हो । पहिलो पटक नेपालले आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । मरिसससँग नेपालको दोस्रो मैत्रीपूर्ण मंगलबार हुनेछ ।

लोकप्रिय समाचार