Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

अमेरिकामा कोराेनाका कारण मृत्यु हुने बढ्दै

admin

संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रूपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरूले चिन्ताजनक पनि भनेका छन् । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधवार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हजार भन्दा बढीको ज्यान गएको छ ।

बुधवारको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा एकैदिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ ।

यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अन्य देशको तुलनामा यो सबैभन्दा बढी हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको