Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

मिस्टर एण्ड मिस ग्रेस एसईई को अडिसन सोमवार, विजेताले पाउने थाईलैण्ड भ्रमण

admin

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गर्न लागिएको मिस्टर एण्ड मिस ग्रेस एसइइ २०१८ प्रतियोगिताको अडिसन हुने भएको छ । परिक्षा दिएर फुर्सदको समयमा वसेका बिद्यार्थीहरुलाई समयको सहि सदुपयोग गरि विभिन्न उपयोगी विधाका तालिम, फिल्ड भिजिट लगायतका कार्यक्रमहरु संचालन गरि उनीहरुको वौद्धिकता लाई उजागर गर्ने उद्देश्य अनुरुप यस कार्यक्रमको आयोजना गर्न लागेको आयोजक सुरज थापाले जानकारी दिएका छन ।

मिस्टर एण्ड मिस ग्रेस एसइइ २०१८ को लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं कलाकारहरुको उपस्थितीमा भव्य रुपमा आयोजना हुने छ र त्यसका लागि प्रतियोगिताको अन्तिम अडिसन यहि आउदो बैशाख १० गते सोमवारका दिन एस.आर.ब्यांकेट चावहिलमा हुन लागेको आयोजक थापाले बताए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, थाईलैण्ड भ्रमण, मोबाईल, शतप्रतिशत छात्रवृत्ति लगायत नगद पुरस्कार तथा मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको