Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

admin

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो । तीनै जना होटेल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ । उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको