Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

अन्तराष्ट्रिय स्तरको मिस स्कुबा नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको आयोजना नेपालमै,बिजेतालाई मलेसियामा प्रतिनिधित्व

admin

मोडल सङस नेपाल प्रालिले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको मिस स्कुबा नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त सौन्दर्य प्रतियोगिताका बिजेतालाई मिस स्कुबा मलेसियामा हुने अन्तराष्ट्रिय स्तरक  प्रतियोगितामा प्रतिनिधित्व गराउने उदेश्यले यस कार्यक्रमको आयोजना गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताए । साथमा अन्य अन्तराष्ट्रिय विभिन्न प्रतिश्प्रर्धामा समेत भाग लिन सकिने जानकारी डेभिलले दिए ।
मोडल सङसले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले मोडल सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन प्रतियोगितामा भाग लिनको लागि १७ बर्ष देखि २८ बर्ष सम्म र उचाइ ५ फिट २ इन्च हुनुपर्ने छ । उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन
िप्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको