
काठमाडौं । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष के.डी भट्टराईले दिएको जानकारी अनुसार माघ १५ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहनेछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रासको बीचमा पनि मनोरंजन दिने र नयाँ प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना गर्न लागेको भट्टराईले बताए । उनले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्नेछ। यदि भिडियोमा कपिराइट लागेको खण्डमा प्रतियोगिलाई डिस्क्वालिफाई गरिने बताइएको छ। प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक अनिल बि. डि.आर, जादुगर तथा कलाकार राजेन्द्र गिरि(गुन्द्रुके), आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष एवम् फेसन कोरियोग्राफर तथा कलाकार के.डी भट्टराई, अनलाईन एक्टिङ कम्पिटिसन २०२१ का बिजेता मनिष पाण्डे रहने छन । सम्पूर्ण अभिनय प्रेमीहरुलाई घर बस्ने समयको सदुपयोग गर्दै प्रतियोगितामा भाग लिन आयोजक कम्पनीले आव्हान समेत गरेको छ । निर्णायकहरुको निर्णयसंगै ग्लोवल अनलाईन पे मार्फत हुने अनलाईन भोटिङ र ग्रेट भिजन मिडियाको युटुब भियुज मार्फत विजेताको छनौट गरिनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने अवसर समेत प्राप्त गर्नेछन। कोरोना कहरको अवस्था रहेपनि प्रतियोगितालाई मनोरन्जनात्मक र सफल बनाउन भरपुर कोशिश रहने प्रतिबद्धता आयोजक संस्थाले व्यक्त गरेको छ। कोरोना कहरको यस्तो अवस्थामा यस किसिमको कार्यक्रम गर्नु र नेपाली कला संस्कृतिलाई जोगाउन गरेका प्रयासले छुट्टै सकारात्मक संदेश पैदा गर्ने साथै कलाप्रेमीहरुको लागि राम्रो अवसर रहेको आयोजकको दाबी छ ।
