Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

ओरेन्टेसनमा मिस एसइइ आईडल २०१८

admin

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘मिस एसइइ आईडल २०१८’ कन्टेस्टको ओरेन्टएसन सम्पन्न भएको छ ।


ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा एस ई.ई.परिक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई तालिमको माध्यमबाट अझ निखारेर, क्षमता अभिवृद्धि गर्दै उपयुक्त मन्च प्रदान गर्न साथै समाजमा एउटा विशिष्ट क्षमता भएको प्रतिभाको रुपमा चिनाउने उदेश्यले आयोजना हुन लागेको यस् प्रतिस्पर्धामा एस।इ।इ।दिएर बसेका झन्डै २ दर्जन विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

उक्त ओरेन्टसन कार्यक्रममा पेन्टागन कलेजका संचालक थानेश्वर बस्यालले विद्यार्थीहरु पढाईमा मात्र नभई अन्य कुरामा पनि सकृय हुनुपर्ने कुरामा जोड दिनुभयो । कलेजका भित्तामा विद्यार्थीका आन्तरिक कला प्रस्तुत गरेर पाएका सम्माननै जुगौसम्म रहने र हरेक विद्यार्थी पढाई संगै आन्तरिक कला देखाउन पछी पर्ननहुने कुराहरु प्रस्तुत गर्नुभएको थियो । आर्टिस्ट नेपालका निर्देशक तथा म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमा सकृय नब ढुंगेलले मोडेलिङ तथा फोटोसुट पोजको बारेमा प्रतियोगीलाई बताउनु भएको थियो । त्यस्तै भवानी इन्टरटेन्मेन्टका निर्देशक सोनित राज ढुंगेलले प्रतियोगितामा भाग लिनुहुने विद्यार्थीहरुले प्राप्त गर्ने बिभिन्न ट्रेनिङको बारेका बताउनु भएको थियो । कोरियोग्राफर नमिता भण्डारीले ट्रेनिङको नियमहरुको बारेमा खुलस्त पार्नु भएको थियो ।

प्रतियोगिताको भागलिन ईच्चुक प्रतियोगीहरु बिबिध कारणबस अडिसनमा उपस्थित हुन नसकेकाहरुले प्रतियोगिताको लागि फर्म भर्न सकिने निटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.का निर्देशक साबित्री सुनिता ढुंगानाले बताउनुभयो । उक्त प्रतियोगिताको बिजेताले पेन्टागन कलेजमा फुल स्कलरसिप, तथा अन्य प्रतिस्प्रधीहरुले बिभिन्न गिफ्ट ग्याम्पर, मोडेलिङमा अबसर तथा बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ विशेष प्रशिक्षण कोरियोग्राफर नमिता भन्डारीले दिनेछिन् । प्रतियोगीहरु कान्तिपुर फेशन हाउसको आकर्शक डिजाईनमा प्रस्तुत हुनेछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको