Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

ट्राफिक प्रहरीद्वारा हराइरहेका २८ सवारीसाधन सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

admin

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

बिहीबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।

उनले मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना संकलन भैरहेको जानकारी दिए । मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भइरहेको बताए ।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको भनी निवेदन परेको मध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको हो । जसमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यस्तै विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एव कारबाहीको लागी विभिन्न प्रहरी वृत्तहरूमा पठाएको समेत महशाखाले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको