Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

नेपालले आज युएईसँग खेल्ने

admin

चार देशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले युएईसँग खेल्दैछ ।

अल अमरेट क्रिकेट मैदानमा बिहान ११:४५ मा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल युएईलाई पराजित गर्दै विश्वकप छनोट अघि आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने प्रयासमा हुने छ ।

तर युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्ने छ । आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाल अस्ट्रेलिया विश्वकप छनोट हुने विश्वासमा रहेको छ ।

ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टीमलाई पनि दुई समूहमा विभाजन गरिएको स्पर्धामा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष २-२ टीमले सेमिफाइनल खेल्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको