Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

नेपालले आज युएईसँग खेल्ने

admin

चार देशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले युएईसँग खेल्दैछ ।

अल अमरेट क्रिकेट मैदानमा बिहान ११:४५ मा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल युएईलाई पराजित गर्दै विश्वकप छनोट अघि आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने प्रयासमा हुने छ ।

तर युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्ने छ । आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप छनोटको तयारीमा रहेको नेपाल अस्ट्रेलिया विश्वकप छनोट हुने विश्वासमा रहेको छ ।

ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । आठ टीमलाई पनि दुई समूहमा विभाजन गरिएको स्पर्धामा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्ने छ । दुवै समूहका शीर्ष २-२ टीमले सेमिफाइनल खेल्ने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको