नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरेका हुन् । दुर्इ अध्यक्षका उमेद्वार विच भएको रोचक भिडन्तमा कुल खसेको ३४३ मतमध्ये १७७ मत प्राप्त गरी पाण्डे विजयी भएका हुन् । उनका प्रतिशपर्धी बस्नेतले भने १६५ मत ल्याएका छन् ।
इक्यानमा निर्वाचित हुने तिन उपाध्यक्ष मध्य बस्नेत समूहबाट उम्मेदवार बनेका महेशबाबु तिमल्सिना उपाध्यक्षमा सबैभन्दा बढी १७९ मत ल्याएर प्रथम उपाध्यक्ष बनेका छन् भने त्यसैगरी बस्नेत समूहबाटै उम्मेदवार बनेका राजेन्द्र रिजालले १७६ मत प्राप्त गरेर दोस्रो उपाध्यक्षमा विजयी भएका छन् छन् । पाण्डे समूहबाट उम्मेदवार बनेका देविदास भट्टराईले भने १६९ मत ल्याएर तेस्रो उपाध्यक्षमा विजयी भएका छन् ।
प्रतिप्रधामा उत्रीएका सात उपाध्यक्ष मध्य उपाध्यक्षमा महिला उपाध्यक्षकी उमेद्वार सपना राजभण्डारी, खड्ग ताम्लिङ क्रमशः १५८ र १४३ त्यस्तै उपाध्यक्षका अर्का उम्मेद्वार उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत ल्याएर पराजीत भएका छन्।
त्यस्तैगरी महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गर्दै २०३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्व्नदि प्याकुरेलले १३७ मत मात्रै प्राप्त गरेका छन् ।
त्यस्तै सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसालले २०२ मत प्राप्त गर्दा गरेका हुन भने केसीले १४१ मत ल्याएर विजयी भए । भुसाल पाण्डे समूह र केसी बस्नेत समूहबाट उम्मेदवार थिए ।त्यस्तै सचिव पदमा पराजित उम्मेदवारहरु ज्ञानेन्द्रमान जोशीले १३९ र सोमबहादुर कँडेलले १३४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा गोविन्द अधिकारी विजयी भए । उनले १९३ मत ल्याए । उनी पनि पाण्डे समूहका उम्मेदवार थिए ।सोही पदमा पराजित उम्मेदवार सूर्यबहादुर डाँगीले १४० मत ल्याए । त्यस्तै सह–कोषाध्यक्षमा पाण्डे समूहकी उम्मेदवार निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन भने । पराजित उम्मेदवार राकेश श्रेष्ठले १६६ मत ल्याए ।
त्यस्तै सदस्यहरुमा पाण्डे समूहका बासुदेव दाहाल ९२०९० ले पपुलर मत ल्याए । अन्य सदस्यमा कर्णबहादुर गुरुङ ९१८७०, सुस्मा आचार्यले ९१८६०, सुदन चौहान ९१८६० मत ल्याएर विजयी भए । त्यस्तै, विजयी हुने अन्य सदस्यहरुमा बालकृष्ण ९बिके० श्रेष्ठ ९१८५०, प्रकाश श्रेष्ठ ९१७५०, सुनिता था श्रेष्ठ ९१७१० र यज्ञविलास पौडेल वार्इवि ९१६२० र प्रशान्त शाहले ९१५७० मत प्राप्त गरेर विजयी भए ।सदस्यमा बस्नेत समूहबाट सुनिता था श्रेष्ठ र प्रशान्त शाह मात्रै विजयी भए ।
त्यस्तै, पराजीत हुने सदस्यहरु महेश कुमार श्रेष्ठ ९१५४०, दीपक कोइराला ९१४९०, नवराज खत्री ९१४३०, हरिराम लामिछाने ९१३७०, पुष्पराज भट्टराई ९१३६०, सोवित श्रेष्ठ ९१३०० मणिराम राउत ९११९० र मनोरथ प्रसाद शाह ९१०५० मत प्राप्त गरे ।